२० बैशाख काठमाडौ। दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच मध्ये चार महिला र एक पुरुषको पहिचान खुलेको छ ।सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका कमला कुँवर र प्रविण कुँवर रहेका छन् । दुवै जना आमाछोरा डोटीको नक्नी डोल्मा थापा, ईश्वरी थापा र क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।