२० बैशाख काठमाडौ।काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।महानगरले १ सय जना नगर प्रहरी जवान माग गरेको हो।
नेपाल प्रहरी तर्फको सूचीबाट खुलामा २४ जना, नेपाल सशस्त्र प्रहरीको तर्फबाट १४ जना, महिलातर्फ १५ जना, आदिवासी/जनजातितर्फ १२ जना, मधेसीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जना गरी ७० जनाको माग सहित सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान महानगरले गरेको हो ।

