२० बैशाख काठमाडौ।सरकारले तयारी खाना तथा खाजाका परिकार पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशीले स्वास्थ्यका लागि असर पार्ने रसायन प्रिन्टेड पत्रपत्रिकामा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा प्रतिबन्ध लगाउने कार्यविधि निर्माणको काम थालिएको बताइन् मंगलबारबाट काठमाडौंमा सुरु भएको
महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् ।
चटपटे, पानीपुरी लगायत अन्य तयारी परिकार पत्रपत्रिकाकामा प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने उनले बताइन् । प्रिन्टेड पेपरमा खानेकुरा राख्दा विष मिसिने भएकाले नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने जोशीले बताइन् ।