Logo

बिहिवार, श्रावण १४ गते २०८३

पृथ्वी राजमार्ग १२ बजेदेखि सवारी आवागमन बन्द!!!!!!

पृथ्वी राजमार्ग १२ बजेदेखि सवारी आवागमन बन्द!!!!!!

जोईन खबर

२०, बैशाख २०८०
  • 709
    SHARES
  • पृथ्वी राजमार्ग १२ बजेदेखि सवारी आवागमन बन्द!!!!!!

    २० बैशाख काठमाडौ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ।बन्द भएको १८ घण्टापछि हिजो  दिउँसोदेखि एकतर्फी खुलेको राजमार्ग १२ बजेदेखि फेरि बन्द भएको छ।

    images

    धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

    नयाँ पुल निर्माणको लागि फाउण्डेसन खन्ने क्रममा पुरानो पुलको फाउण्डेसन भएको जमिन भासिन पुगेको हो। त्यही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो। अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन्।

    प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १४:५८:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको