२० बैशाख काठमाडौ। पूर्व गृहमन्त्री त था एमालेका नेता रामबाहदुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई प्रकाउ परेका छन्। काठमाडौ उपत्यका अपराध अनुसान्धान कार्यलयका प्रमुख एएसपी मनोज के सीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान प्रकाउ पारिएको राई बादल गृहमन्त्री हुदा उनका सुरक्षा सल्लाहकार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौ रुपैयाँ ठगि गर्नेमा मुख्यभूमिका उनको रहेएको प्रहरीको आरोप छ ।
उनी विरुद्व सरकारी वकीलको कार्यलयबाट अरेन्टी जारी भएको थियो। राई दोन्धा विज्ञय भन्नेर पनि चिनिन्छन्। राईलाई साधा पोषाकमा रहेको प्रहरी टोलीले प्रकाउ गरेको हो। काठमाडौ प्रहरी टोली सँग संयोन गरेर प्रकाउ गरेको हो।यो प्रकरणमा अरु पाँच जनालाई पनि प्रहरीले प्रकाउ गरी सकेको छ।
दाङका शन्तोस शर्मा मोरङका केशब दुलाल,सागर राई ललितपुरकम सानु भण्डरी पाँचथरका कुमार गुरुङ प्रकाउ परेका थिए। राई सँगै नक्कली भुटानी शारणार्थी प्रकरणमा अहिले सम्मा प्रकाउ पर्नेको संङख्या छ पगेको हो ।उनीहरुले ५० जना भन्दा बढी मानिसबाट तीन करोड २४ लाख रुपैयाँ ठगि गरेको आरोप छ ।बादल पछिल्लो समय २०७४ फागुन पछि केपी शर्मा ओली नेत्रित्वको सरकारमा गृहमन्त्री थिए। उनी गृहमन्त्री भएका बेला ईन्द्रजीत राई उनका सुरक्षा सल्लाहकार भएका थिए।