२१ बैशाख काठमाडौ।भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको थियो।
उनलाई काठमाडाैं ल्याएर थप अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। जिल्ला अदालतले उनलाई तीन दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ।

