Logo

बिहिवार, श्रावण १४ गते २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत पाए

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत पाए

जोईन खबर

२१, बैशाख २०८०
  • 751
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत पाए

    २१ बैशाख काठमाडौ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् ।उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।

    images

    कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको दाबीका बावजुद संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन्  ।

    पाण्डेले सपथ लिएकै दिन नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिनाविभागीय मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेका थिए ।खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट ७ मा झारेपछि पाण्डेले पनि सोही संख्या कायम गर्ने घोषणा गरिसकेका छन् ।

     

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १७:१९:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको