२४ बैशाख काठमाडौ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदम गलत नभएको अदालतले नै मान्यता दिएको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्दै उनले उनले केही दिनअघि उच्च अदालतले दिएको आदेशले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्न काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको बताएको बताएका छन्।उनले लेखेका छन्, ‘कहिदिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ ।
टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ ।टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ ।