२४ बैशाख काठमाडौ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ ।वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।आजलाई पुनः पेसी तोकिएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ ।