२४ बैशाख काठमाडौ।अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.२९ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क ४३.२४ प्रतिशतले बढेर ५२ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा कम्पनीले ३६ करोड ३१ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन वापत १७ करोड ९० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।कम्पनीको जगेडा कोषमा २० करोड ३८ लाख रुपैयाँ, बीमा कोषमा २२ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ ।