Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारी सञ्चारमाध्यमले राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सरकारी सञ्चारमाध्यमले राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

जोईन खबर

२४, बैशाख २०८०
  • 625
    SHARES
  • सरकारी सञ्चारमाध्यमले राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    २४ बैशाख काठमाडौ।आइतबार गोरखापत्र संस्थानको १२३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन्।

    images

    प्रधानमन्त्री प्रचण्डले सामाजिक सदभाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान आवश्यक रहेको बताए विज्ञानले गरेका कामलाई आत्मसात् गर्दै गोरखापत्रको आन्तरिक सुधार र पुनर्संरचना गर्न जरुरी रहेको उनले बताए।

    सूचनाको विकासका दृष्टिले र राष्ट्रिय एकता समाजमा एउटा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न पनि सरकारी सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता छ।

    अँध्यारोबाट शिक्षा लिएर उज्यलाेतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्छ । गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी छ । सामाजिक सदभाव र संस्कृतिलाई कसरी हामीले विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान सकिन्छ ।
     

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १३:१३:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको