Logo

बिहिवार, श्रावण १४ गते २०८३

ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्डबाट सम्मानित !!!!!

ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्डबाट सम्मानित !!!!!

जोईन खबर

२४, बैशाख २०८०
  • 643
    SHARES
  • ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्डबाट सम्मानित !!!!!

    २४ बैशाख काठमाडौँ । ब्रिटिश प्रोफेशनल कलेजले प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड प्राप्त गर्न सफल भएको छ । एसीसीए अध्यापन गराउने संस्थाहरुलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड हो ।विश्वभर यो अवार्ड प्राप्त गर्ने केहीमात्र कलेजहरु रहेका छन्जसमा ब्रिटिस प्रोफेसनल कलेज पनि सामेल भएको छ ।

    images

    द एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्स (एसिसिए) व्यवसायिक एकाउन्टेन्सहरुको विश्वको अग्रणी निकाय हो जसले एकाउन्टिङ र फाइनान्स योग्यता प्रदान गर्नमा उत्कृष्ट ट्रयाक रेकर्ड राखेको छ । उच्च गुणस्तरको शिक्षा लगायत एसिसिए विद्यार्थीहरुलाई प्रदान गर्ने साथ र सहयोगलाई मध्यनजर गर्दै त्यस्ता संस्थाहरुलाई एएलपी अवार्ड प्रदान गरिन्छ ।बीपीसीका एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले प्रतिष्ठित अवार्डबाट सम्मानित भएकोबारे भने,यो बीपीसीको शैक्षिक गुणस्तर र विद्यार्थीहरुले प्राप्त गरेको सफलताको नतिजा हो ।

    यो अवार्ड प्राप्त गर्नुले के देखाउँछ भने, हामी उनीहरूले दिएको लक्ष्य र आवश्यकता पुर्ति गर्न निरन्तर सफल रहेका छौँ । अझै सुधार र उत्कृष्टता प्रदर्शन गर्न प्रतिबद्धता व्यक्त गर्छु ।यो प्रक्रियाले पनि विद्यार्थी उत्तीर्ण दर राम्रो रहेको पुष्टि गर्छ । यसले विद्यार्थीहरूको नतिजा विश्वव्यापी औसतभन्दा धेरै उत्कृष्ट रहेको सहजै अनुमान लगाउन सकिन्छ । विगत एक दशकमा मात्रै एसिसिए संकायले विद्यार्थीहरुलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रियपुरस्कारहरू प्राप्त गर्न मद्दत गरेको छ ।

    यस संस्थामा अध्ययनरत विद्यार्थी तीन पटकसम्म विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीपमण्डलले भने, “व्यवसायिक एकाउन्टेन्ट बन्न चाहने विद्यार्थीहरुकालागि बीपीसी एक भरपर्दो संस्था साबित गराउन यो अवार्डले ठूलो.भूमिका खेल्नेछ । 

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १४:००:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको