२४ बैशाख काठमाडौ। चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा आफू परिवारसँग निरन्तर सम्वादमा रहेको र अनुसन्धानमा कुनै कमी नहोस भनेर प्रशासनलाई निरन्तर खबरदारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले फेशबुकमा लेख्दै चितवनका व्यवसायी कंडेल आत्महत्या प्रकरणमा म परिवार सँग निरन्तर संवादमा छु, प्रशासन सँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु।