Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारले अपराधीलाई कुनैपनि हालतमा छोडिन्न : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

सरकारले अपराधीलाई कुनैपनि हालतमा छोडिन्न : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

२४, बैशाख २०८०
  • 589
    SHARES
  • सरकारले अपराधीलाई कुनैपनि हालतमा छोडिन्न : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

    २४ बैशाख काठमाडौ।आइतबार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन् ।

    images

    उनले भने, ‘ ‘म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, आजको लोकतान्त्रिक नेपालमा महिलामाथि हुने हिंसालाई अन्त्य गर्न र त्यसप्रकारको कुनै घटना देखापरे हिंसामा संलग्न अपराधीहरूलाई, पीडकहरूलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन । 

    उनले महिला हिंसासम्बन्धी विगतका घटनाहरूको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए । अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे ।हिंसाजन्य गतिविधिमा संलग्न वा अपराधमा संलग्नहरूलाई कानूनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न। मन्त्री श्रेष्ठले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घन र महिला हिंसाको घटनाहरूको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताए ।

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १५:५३:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको