२४ बैशाख काठमाडौ।आइतबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले फिल्म हेर्न आतुर आफूहरू टिकट काटेर बसेको बताएका हुन्।
शनिबार प्रधानमन्त्रीले दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भ्रष्टाचारीहरूको फाइल खोल्ने विषयमा भन्दै सिंगै फिल्म देखाउने बताएका थिए।प्रधानमन्त्रीलाई जवाफ दिँदै गिरीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ। तपाईंले फिल्म देखाउनुहुन्छ भनेर हामी टिकट काटेर बसेका छौँ।
अब वाइडबडी घोटाला काण्ड के हो ? छानबिन गरौँ। मातातीर्थ जग्गा घोटाला काण्ड, यती काण्ड, ओम्नी काण्ड, लडाकु शिविरका घोटाला काण्ड–जहाँ अर्बौँ रुपैयाँ राज्यको सम्पति लुटिएको थियो। सिसिटिभी फुटेज र बजेटमा बिचौलिया ल्याएको काण्ड, यस्ता तमाम काण्डहरू यो अधिवेशनमा गम्भीरताका साथ छलफल गरौँ।’