Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं महानगर भित्र तार व्यवस्थापन

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं महानगर भित्र तार व्यवस्थापन

जोईन खबर

२५, बैशाख २०८०
  • 622
    SHARES
  • नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं महानगर भित्र तार व्यवस्थापन

    २५ बैशाख काठमाडौ।नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं महानगर भित्र तार व्यवस्थापन गर्न १३ ओटा रुट मार्फत काम अघि बढाएको छ। प्राधिकरणले सडक छेउको पोलमा गजुल्टो भएका, चुँडिएका तथा लत्रिएका, प्रयोगमा नआएका तारहरु हटाउन विभिन्न रुट सार्वजनिक गरेको हो।

    images

    आइतबार काठमाडौं महानगरपालिका, दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवाप्रदायक कम्पनी बीच काठमाडौं उपत्यकाको भद्रगोल तार व्यवस्थापन गर्ने सहमति भएको थियाे। सोहि अनुसार रुट समेत सार्वजनिक भएको हो।

    प्राधिकरणको रुट अनुसार माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्यूरोड–बसन्तपुर हुँदै असन क्षेत्र ,माइतीघर – पुतलिसडक हुँदै नारायण हिटी, भद्रकाली–नारायण हिटी–कमलादी हुँदै रानीपोखारी, डिल्लीबजार अनामनगर हुँदै बिआइसीसी, नक्साल, बालुवाटार हुँदै शितल निवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलँकी ,लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुशी, सोह्रखुट्टे– ढल्को, ताहाचल हुँदै स्वयम्भु, सिनामंगल– पुरानो बानेश्वर हुँदै गाैशला, गौशाला–बौद्धनाथ, कालिमाटि– कुलेश्वर हुँदै बल्खु क्षेत्रमा अव्यवस्थित तार हटाइनेछ।

    प्राधिकरणका अनुसार तार व्यवस्थापन गर्न सबै इन्टरनेट सेवाप्रदायक अनिर्वाय सहभागिता हुनुपर्ने निर्देशन समेत दिएको छ।प्राधिकरणले सेवाप्रदायकहरुको तारमा संस्थाको नाम वा अनुमति पत्र नम्बर खुल्ने गरी तारमा ट्याग् हुनुपर्ने समेत व्यवस्था गर्न निर्देशन दिएको छ।

     

     

     
     

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - ११:३१:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको