१८ मंसिर काठमाडौँ । हामी नेपाल का संयोजक सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गर्ने भएका छन्। गुरुङ नेतृत्वको टोली बिहीबार दिउँसो ललितपुरस्थित नख्खु कारागार पुगेर लामिछानेसँग भेटका लागि तयारी गरेको हो।
कारागार जानुअघि संयोजक गुरुङले आफूहरूले बालेन साह तथा कुलमान घिसिङबीच भएको एकता पहलपछि गरेको वाचा अनुसार एकता संवाद अघि बढाउन रवि लामिछानेसँग भेट गर्न लागेको बताएका थिए। गुरुङले आज कारागारमै लामिछानेको धारणा सुन्ने बताएका छन्।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाले हाल नख्खु कारागारमै रहेका छन्। गुरुङ र लामिछानेबीचको भेटले आगामी राजनीतिक समन्वय तथा सम्भावित एकता–संवादमा नयाँ विमर्श थपिने अपेक्षा गरिएको छ।