२५ बैशाख काठमाडौ। प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर लगाएको लुगा फुकाल्दै विरोध गरेका छन् ।सिंह उठेर लुगा खोल्दै नाङ्गो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।
सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाए र संसद बैठकको नियमित कार्य सुरु भएको छ ।