Logo

बुधवार, कार्तिक १२ गते २०८३

 गो–ड्राईभर बा मेमोरियल फाउन्डेशन ट्रष्टद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति   प्रदान

 गो–ड्राईभर बा मेमोरियल फाउन्डेशन ट्रष्टद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति   प्रदान

जोईन खबर

२१, मंसिर २०८२
  • 583
    SHARES
  •  गो–ड्राईभर बा मेमोरियल फाउन्डेशन ट्रष्टद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति   प्रदान

    २१ मंसिर  गोरखा — दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले गो–ड्राईभर बा मेमोरियल फाउन्डेशन ट्रष्टले गोरखा जिल्लाको बारपाक–सुलिकोट गाउँपालिका–४, सौरपानी, ग्याजीस्थित बारपाक बहु–प्राविधिक शिक्षालयमा अध्ययनरत ५ जना जेहन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

    images

    “देश विकासको मेरुदण्ड युवा जनशक्तिमा लगानी गर्नु नै आजको मुख्य कर्तव्य हो,” भन्ने मूल मन्त्रका साथ ट्रष्टले आर्थिक रूपले कठिनाइ झेलिरहेका तर अध्ययनमा उत्कृष्टता देखाएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।छात्रवृत्तिका लागि छनोट भएका ५ विद्यार्थीलाई प्रति व्यक्ति ६ हजारका दरले कुल रु.३० हजार  हस्तान्तरण गरिएको शिक्षालयले जनाएको छ।

    images
    images
    images

    यसअघिसमेत विभिन्न क्षेत्रका आवश्यकता अनुसार सहयोग गर्दै आइरहेको ट्रष्टले आगामी दिनमा अझ धेरै शैक्षिक तथा सामाजिक सहयोगका कार्यक्रम अघि बढाउँदै जाने जानकारी ट्रष्टका संरक्षक रुद्र ढकालले जानकारी दिनु भयो ।

    ट्रष्टले स्थानीयस्तरमा दिगो विकासका लागि दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पु¥याउने हेतुले नियमित सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ। यस सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षालय प्रमुख सुवास ओलियाको अध्यक्षतामा र  बारपाक–सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट प्रमुख अतिथि  गरिएको थियो । साथै ट्रष्टका पदाधिकारी, स्थानीय सामाजिक व्यक्तित्व र शिक्षालय परिवारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

    प्रकाशित मिति :मंसिर २१, २०८२ आइतवार - १५:०२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको