२१ मंसिर काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
जनकपुरको निर्णयसँगै कर्णाली क्रिकेट टिम पहिले ब्याटिङ गरी रन जोड्ने क्रममा छ।
पहिले नै अन्तिम चारको दौडबाट बाहिरिएका यी दुई टोलीबीचको यो खेल प्रतिष्ठाको लागि मात्र खेलिँदैछ। दुवै टोलीले यसअघि एक–एक खेलमा मात्र जित निकाल्दै २–२ अंक जोड्न सफल भएका थिए।
आजको खेलमा दुवै टोलीका खेलाडीहरू आफ्नो व्यक्तिगत प्रदर्शन सुधार्ने र सिजनलाई सकारात्मक रूपमा समाप्त गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
।