Logo

बुधवार, कार्तिक १२ गते २०८३

  नेपाली सेनाका पूर्व उपरथी श्रेष्ठको गोरखा–२ बाट स्वतन्त्र उम्मेदवारी

  नेपाली सेनाका पूर्व उपरथी श्रेष्ठको गोरखा–२ बाट स्वतन्त्र उम्मेदवारी

जोईन खबर

२३, मंसिर २०८२
  • 655
    SHARES
  •   नेपाली सेनाका पूर्व उपरथी श्रेष्ठको गोरखा–२ बाट स्वतन्त्र उम्मेदवारी


    २३ मंसिर काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा(२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सिरान्चोक गाउँपालिका–८ जौबारीका स्थायी बासिन्दा श्रेष्ठले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिभिल इन्जिनियरिङ पृष्ठभूमिबाट नेपाली सेनामा प्रवेश गरी उपरथी (जर्नल) पदसम्म पुगेर सेवा गरेका पूर्व अधिकारी बाबुराम श्रेष्ठले गोरखा क्षेत्र नं.–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

    images

    सेनाबाट अवकाश लिएपछि समाजसेवा र स्थानीय विकासका विषयमा सक्रिय रूपमा देखिँदै आएका श्रेष्ठले गोरखा–२ का जनताले अपेक्षा गरेको सुशासन, पारदर्शिता, ईमान्दार नेतृत्व र दीर्घकालीन विकासका लागि आफूले उम्मेदवारी दिने बताए ।

    images
    images
    images

    श्रेष्ठका अनुसार राजनीतिक दलहरूको आन्तरिक विवाद र कमजोर कार्यसम्पादनका कारण जनतामा बढ्दो वैकल्पिक नेतृत्वको चाहनाले आफूलाई चुनावमा उभिन प्रेरित गरेको हो। “गोरखाको विकासलाई पेशागत अनुभव र अनुशासनसहित अघि बढाउने लक्ष्यका साथ म मैदानमा उत्रिएको हुँ,” उनले बताएका छन्।स्थानिय पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र युवा रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने योजना उनले प्रस्तुत गरेका छन्। स्वतन्त्र उम्मेदवारीले गोरखा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

    प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - १३:३९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको