Logo

बुधवार, कार्तिक १२ गते २०८३

रेनुले एशियन युथ पारा गेम्स खेल्ने

रेनुले एशियन युथ पारा गेम्स खेल्ने

जोईन खबर

२३, मंसिर २०८२
  • 685
    SHARES
  • रेनुले एशियन युथ पारा गेम्स खेल्ने

    २३ मंसिर काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा सहभागी हुने छन् । नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्ने छ ।

    images

    उनले मंसिर २६ गते शुक्रबार प्रतिस्पर्धा गर्ने छिन् ।नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायत संघका पदाधिकारीले बिदाई गरेका थिए । कार्यक्रममा संघका महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य प्रेम भण्डारी, सुरेश मानन्धर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक सुमन घलेलगायतको उपस्थिति रहेको थियो ।रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १०औं एशियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

    images
    images
    images

    उनले केही समय अघि सम्पन्न १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ । उनकै प्रशिक्षणमा सन् २०२१ बहराइनमा भएको एसियन युथ पारा गेम्समा पारालिम्पियन पलेशा गोर्वधनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए ।

    एथलेटिक्समा युथ पारा गेम्समा पुरुष खेलाडी मोहन रोका र विजय मुक्तान, टेबुलटेनिसमा महिला खेलाडी निर्मला भण्डारी, पुरुष खेलाडी स्विकृत न्यौपाने र प्रशिक्षकमा बसन्त भराती  रहेका छन्  भने पावरलिफ्टिङमा मनिष पुन,  यस युवा खेलकुदमा ओमनाथ शिवाकोटी शेफ द मिसनको रुपमा रहेका छन् । टोली मंसीर २१ गते प्रस्थान गरेको छ ।

    प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - १७:२७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको