Logo

बुधवार, कार्तिक १२ गते २०८३

श्री सिद्धकाली माध्यमिक विद्यालयमा बाल साहित्य महोत्सव सम्पन्न

श्री सिद्धकाली माध्यमिक विद्यालयमा बाल साहित्य महोत्सव सम्पन्न

जोईन खबर

२५, मंसिर २०८२
  • 574
    SHARES
  • श्री सिद्धकाली माध्यमिक विद्यालयमा बाल साहित्य महोत्सव सम्पन्न

    २५ मंसिर काठमाडौँ । गोरखाको  भिमसेनथापा गाउँपालिकामा  बाल साहित्य महोत्सव सम्पन्न भउको छ । यस बाल साहित्य महोत्सव रातो बंगला स्कूल र भिमसेनथापा गाउँपालिकाको साझेदारीमा पालिकाको वडा नं–२, स्थित श्री सिद्धकाली माध्यमिक विद्यालयमा आयोजित बाल साहित्य महोत्सव सफलतापूर्वक सम्पन्न  गरिएको छ ।

    images

    महोत्सवमा सहभागी विद्यार्थीहरूले आफूले जानेका ज्ञान, सीप, प्रतिभा र अनुभवहरू विभिन्न रूपभित्र प्रस्तुत गर्दै विद्यालय परिसर उत्साहमय बनेको थियो। कविता, कथा, लेख, चित्रकला, नाटक, गीत–संगीत तथा वक्तृत्वजस्ता प्रस्तुतिहरूले विद्यार्थीहरूको प्रस्तुतिले उनीहरूमा रहेको सिर्जनात्मक सोच, नेतृत्व क्षमतासँगै आत्मविश्वास पनि प्रष्ट झल्किएको विद्यालयले जनाएको छ।

    images
    images
    images

    रातो बंगला स्कूल र गाउँपालिकाबीचको साझेदारीले स्थानीय विद्यालयमा सृजनात्मक शिक्षा, बालमैत्री वातावरण र साहित्यिक संस्कृति विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

    आयोजक संस्थाहरूका अनुसार यस्ता साहित्यिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीको आत्मविश्वास, भाषिक क्षमता र अभिव्यक्तिकौशल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

    कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूको प्रस्तुतिबाट विद्यालयको शैक्षिक तथा सांस्कृतिक वातावरण अझै समृद्ध भएको आयोजकहरूले बताएका छन्।

    Screenshot 2025-12-11 111722.jpg

    प्रकाशित मिति :मंसिर २५, २०८२ बिहिवार - १२:११:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको