Logo

बिहिवार, श्रावण १४ गते २०८३

पशुपतिको आर्यघाटमा विद्युतीय शव दाह निःशुल्क

पशुपतिको आर्यघाटमा विद्युतीय शव दाह निःशुल्क

जोईन खबर

२५, बैशाख २०८०
  • 661
    SHARES
  • पशुपतिको आर्यघाटमा विद्युतीय शव दाह निःशुल्क

    २५ बैशाख काठमाडौ।पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको हो ।

    images

    सञ्चालनमा रहेको एक विद्युतीय शव दाह गृह र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माणपछि जम्मा ५ वटा विद्युतीय शव दाह गृह हुने छ।पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ।

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १२:१४:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको