Logo

बुधवार, कार्तिक १२ गते २०८३

रामशाहघाट–मनकामना–जुम्लिचौतारा सडक कालोपत्र गर्ने काम धमाधम 

रामशाहघाट–मनकामना–जुम्लिचौतारा सडक कालोपत्र गर्ने काम धमाधम 

जोईन खबर

१, पौष २०८२
  • 823
    SHARES
  • रामशाहघाट–मनकामना–जुम्लिचौतारा सडक कालोपत्र गर्ने काम धमाधम 


    १ पुस काठमाडौँ । गोरखाको रामशाहघाट–मनकामना–जुम्लिचौतारा सडक कालोपत्र गर्ने काम धमाधम अगाडि बढेको छ। लामो समयदेखि धुलो, हिलो र साँघुरो सडकका कारण सास्ती भोग्दै आएका स्थानीयवासीका लागि सडक कालोपत्र सुरु भएपछि आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    images

    सडक कालोपत्र अन्तर्गत अहिले विभिन्न खण्डमा ग्रेडिङ, बेस तयार गर्ने तथा कालोपत्र बिछ्याउने काम तीव्र रूपमा भइरहेको छ। निर्माण कम्पनीले निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित जनशक्ति र उपकरण परिचालन गरेको जनाएको छ।

    images
    images
    images

    यस सडक खण्ड कालोपत्र भएसँगै रामशाहघाट, मनकामना र जुम्लिचौतारा क्षेत्रका स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। विशेषगरी मनकामना दर्शनका लागि आउने श्रद्धालुहरूलाई यात्रा सहज र सुरक्षित हुने जनाइएको छ।

    स्थानीयवासीले विकास निर्माणका कामले गति लिएकोमा खुशी व्यक्त गर्दै गुणस्तरीय र दीगो निर्माणमा ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

    प्रकाशित मिति :पौष १, २०८२ मंगलवार - १४:३६:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको