३ पुस काठमाडौँ । गोरखाका एक युवाको चक्कु प्रहारबाट मृत्यु भएको छ । काठमाडौंमा बसोबास गर्दै आएका गोरखा सिरानचोक गाउँपालिका–७, क्होला आरुबोट निवासी २१ वर्षीय बबिन गुरुङको दुःखद निधन भएको हो।
उनको काठमाडौंको नयाँ बसपार्क नजिक रहेको एक दोहोरी साँझमा केही विवाद पछि राति घर फर्किने क्रममा उनीमाथि चक्कु प्रहार तथा निर्घात कुटपिट भएको थियो। गम्भीर घाइते भएका गुरुङलाई केएमसी अस्पतालमा उपचारका लागि लगिए संगै उपचारकै क्रममा निधन भएको हो।
उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी महाराजगन्ज प्रहरी चौकीको थुनामा राखेको जानकारी प्राप्त भएको छ। घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् भन्ने पीडित परिवार तथा सर्वसाधारणको माग रहेको छ।