Logo

बिहिवार, श्रावण १४ गते २०८३

देश आर्थिक मन्दीको बिषयलाई सरकारले लुकाउन खोज्यो : पूर्व अर्थमन्त्री बिष्णु पौडेल

देश आर्थिक मन्दीको बिषयलाई सरकारले लुकाउन खोज्यो : पूर्व अर्थमन्त्री बिष्णु पौडेल

जोईन खबर

२५, बैशाख २०८०
  • 733
    SHARES
  • देश आर्थिक मन्दीको बिषयलाई सरकारले लुकाउन खोज्यो : पूर्व अर्थमन्त्री  बिष्णु पौडेल

    २५ बैशाख काठमाडौ।अर्थतन्त्रका चुनौतिका बिषयमा सरकार बेखबर रहेको छ ।  यो मन्दीमा गएको कुरालाई ढक्छौं कि अर्थतन्त्रलाई चलाएमान बनाउने बाटोमा जान्छौं ?खासगरी अर्थतन्त्रको मन्दीलाई समेटेर बजेट आउनुपर्ने हो । तर,सरकारले आर्थिक मन्दीमा गएको बिषय भन्यो भने जनतामा त्रास पैदा हुने भन्दै लुकाउन खोजेकाे छ । यस अर्थमा बजेटका सिद्धान्त र प्राथामिकता चुकेको छ ।

    images

    चालु आर्थिक बर्षको राजस्व ७ सय ८ अर्ब संकलन भएको छ । अघिल्लो बर्ष भन्दापनि राजस्व परिचालन कमजोर अवस्थामा आएको छ । राजस्व परिचालनको तथ्याङ्कले पनि हामीलाई चौतर्फी रुपमा आर्थिक संकट तर्फ धकेलिरहेको अवस्था छ ।चालु आर्थिक बर्षको हालसम्मको खर्च गत बर्षभन्दा १९ प्रतिशतले बढी छ । राजस्व संकलन १३ प्रतिशत कम छ । बैशाख २२ गतसम्म बैदेशिक ऋण ५४ अर्ब मात्रै प्राप्त गर्न सकेका छौं । आजसम्म आइपुग्दा पूँजीगत खर्च ३० प्रतिशत मात्रै गर्न सकेको अवस्था छ ।

    व्यवसाय सञ्चालन,ऋणको साँवा ब्याज भुक्तानी कसरी गर्ने भन्ने बिषयमा चिन्तित छ । लघुवित्त र सहकारी क्षेत्रका समस्या अत्यन्तै विकराल बनिरहेका छन ।त्यसकारण हामी सामान्य अवस्था र चानचुने अवस्थामा नरहेको जानकारी गराउछु । तर, अर्थमन्त्रीले सार्वजनिक गरेको सिद्धान्त र प्राथामिकता सामन्य अवस्थामा छ जस्तो गरी वाचन भएको देखिएको छ । 

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १३:३९:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको