Logo

बिहिवार, श्रावण १४ गते २०८३

राजश्व सङ्कलन र खर्चबीचको खाडल अर्थमन्त्रीले कसरी पूरा गर्ने ? रास्वपाका सांसद स्वर्णिम वाग्ले

राजश्व सङ्कलन र खर्चबीचको खाडल अर्थमन्त्रीले कसरी पूरा गर्ने ? रास्वपाका सांसद स्वर्णिम वाग्ले

जोईन खबर

२५, बैशाख २०८०
  • 652
    SHARES
  • राजश्व सङ्कलन र खर्चबीचको खाडल अर्थमन्त्रीले कसरी पूरा गर्ने ?  रास्वपाका सांसद स्वर्णिम वाग्ले

    २५ बैशाख काठमाडौ। अर्थतन्त्र सङ्कटमा परेका बेला बजेटमा आर्थिक वृद्धि र स्थिरताको कुरा गर्न नसुहाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बताएका छन्।सोमबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्।

    images

    ८ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरिएको देशमा दुई प्रतिशतभन्दा कम आर्थिक वृद्धि रहेको भन्दै उनले अहिलेको अवस्थामा स्थायित्व र स्थिरताको कुरा गर्दा त्यसले न्याय नहुने बताए।राजश्व सङ्कलन र खर्चको बीचमा ठूलो खाडल रहेको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे। ‘हिजो साँझ ५ बजेसम्म ७३३ अर्ब राजश्व उठाइएको छ। खर्च १ हजार १६ अर्ब छ। त्यत्रो खाडल कसरी पूरा गर्ने ?,’ उनले अर्थमन्त्रीलाई प्रश्न गरे।

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १६:०४:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको