Logo

बुधवार, कार्तिक १२ गते २०८३

फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा

फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा

जोईन खबर

१४, माघ २०८२
  • 562
    SHARES
  • फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा

    १४ माघ काठमाडौँ । आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको तीनै टोली सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जुनियर गल्र्सको २ र जुनियर ब्वाइजको १ टिम सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले जेबी स्कुललाई २४–१८ ले पराजित ग¥यो । विजयी टिमका लागि सन्दिपा राईले ७ स्कोर गरिन् ।

    images

    फेरिल्यान्ड ‘बी’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९–१५ ले हरायो । विजेताकी सायाना माझीले ६ अंक जोडिन् ।जुनियर गल्र्समै न्युटनले हिमशिलालाई २०–१६ तथा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई २१–१५ ले पाखा लगायो । न्युटनकी खान्डु शेर्पाले ६ तथा भ्याली पब्लिककी सोनी तामाङले ९ अंक जोडे ।

    images
    images
    images

    सेमिफाइनलमा न्युटनको भेट फेरिल्यान्ड ‘ए’ संग हुनेछ भने फेरिल्यान्ड ‘बी’ ले भ्याली पब्लिकको सामना गर्ने छ ।जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएनएलाई १९–१५ ले पन्छायो । फेरिल्यान्डका राहुल मग्रातीले ६ स्कोर गरे ।

    अन्य क्वाटरफाइनलमा ज्ञानभूमिले भक्तिलाई २७–२०, जेबी स्कुलले गोल्डेनपिकलाई १८–१६ र एन्जल्स हार्टले हिमशिलालाई २६–२२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । ज्ञानभूमिका युनिश पण्डितले ७, जेबीका दर्शनले ८ र एन्जल्स हार्टका सौरव श्रेष्ठले ६ अंक जोडे । क्वाटरफाइनल फेरिल्यान्ड र जेबी तथा ज्ञानभूमि र एन्जल्स हार्टबीच हुनेछ ।

    प्रकाशित मिति :माघ १४, २०८२ बुधवार - २१:१४:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको