Logo

बुधवार, कार्तिक १२ गते २०८३

“मेरो ज्यान तलमाथि भयो भने महेश बस्नेत जिम्मेवार हुनु पर्छ”  कमेडियन  हिमेश पन्त

“मेरो ज्यान तलमाथि भयो भने महेश बस्नेत जिम्मेवार हुनु पर्छ”  कमेडियन  हिमेश पन्त

जोईन खबर

२०, माघ २०८२
  • 583
    SHARES
  • “मेरो ज्यान तलमाथि भयो भने महेश बस्नेत जिम्मेवार हुनु पर्छ”  कमेडियन  हिमेश पन्त

    २० माघ काठमाडौं । कमेडियनका रूपमा परिचयन बनाएका हिमेश पन्तले आफ्नो ज्यानको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यदि आफूलाई कुनै अप्रिय घटना घटे त्यसको जिम्मेवारी महेश बस्नेतले लिनुपर्ने बताएका छन्।

    images

    मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले पछिल्लो समय आफूविरुद्ध विभिन्न दबाब, धम्की र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने गतिविधि बढेको दाबी गरे। उनले यस्ता गतिविधिको केन्द्रमा महेश बस्नेत रहेको आरोप लगाउँदै राज्य संयन्त्रलाई समेत यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरे।

    images
    images
    images

    “म खुला रूपमा भन्दैछु—यदि मेरो ज्यान तलमाथि भयो भने त्यसको नैतिक र राजनीतिक जिम्मेवारी महेश बस्नेतले लिनुपर्छ,” पन्तले भने, “म कुनै डर वा दबाबमा राजनीति गरिरहेको छैन, तर सत्य बोल्दा जोखिम बढ्दै गएको महसुस भएको छ।”

    पन्तले आफूले उठाउँदै आएका राजनीतिक तथा सार्वजनिक चासोका विषयहरूकै कारण लक्षित बनाइएको हुन सक्ने आशंका व्यक्त गरे। उनले सुरक्षा निकायसँग औपचारिक जानकारी गराइसकेको र आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिए।उता, यस आरोपबारे महेश बस्नेतको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुनासाथ समाचार अपडेट गरिने बताइएको छ।

    राजनीतिक वृत्तमा पन्तको अभिव्यक्तिलाई गम्भीर रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार सार्वजनिक रूपमा यस किसिमको आरोप आउनु लोकतान्त्रिक वातावरणका लागि चिन्ताको विषय हो र यसमा राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ। 

    प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १५:२३:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको