२६ बैशाख काठमाडौ।भारतको मध्यप्रदेशमा एउटा यात्रु पुलबाट नदीमा बस खस्दा १५ जनाको मृत्यु भएको छ ।मध्यप्रदेशका गृहमन्त्री मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० / २५ जना घाइते भएका छन् ।खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको थियो ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।