२२ माघ गोरखा ।आगमी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार प्रकाशचन्द्र दवाडीले चुनावी अभियानलाई तीव्र पार्दै मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। विभिन्न बस्ती तथा समुदायमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका उनले स्थानीय समस्या, अपेक्षा र सुझाव सुन्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी हुँदै उनले जनतासँग विभिन्न प्रतिबद्धता व्यक्त गरेका छन्।
मतदातासँग संवादका क्रममा दवाडीले निर्वाचन जितेपछि आफ्नै क्षेत्रमा स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गरे। “जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्न र समस्या सुन्न सजिलो होस् भन्ने उद्देश्यले यही क्षेत्रमा सम्पर्क कार्यालय राख्नेछु,” उनले बताए।उनले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास र समर्थन मागेका छन्। दवाडीले निर्वाचनलाई जनताको आकांक्षा र भविष्यसँग जोडिएको महत्वपूर्ण अवसर भएको उल्लेख गरे।
भेटघाटका क्रममा स्थानीयवासीहरूले सडक, पूर्वाधार, खानेपानी तथा सेवा–सुविधासम्बन्धी समस्या उठाउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। उम्मेदवार दवाडीले जनताको सुझाव र अपेक्षालाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिएका छन्।गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवारहरूले मतदाता केन्द्रित कार्यक्रमलाई तीव्र बनाएका छन्, जसले चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ।