Logo

बुधवार, कार्तिक १२ गते २०८३

नवलपरासीमा रवि लामिछानेको कार्यक्रममा प्रशासनको रोक

नवलपरासीमा रवि लामिछानेको कार्यक्रममा प्रशासनको रोक

जोईन खबर

२६, माघ २०८२
  • 580
    SHARES
  • नवलपरासीमा रवि लामिछानेको कार्यक्रममा प्रशासनको रोक

    २६ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निर्वाचनसम्बन्धी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासीले रोक लगाएको छ।चुनावी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा दौडाहामा रहेका लामिछाने भोलि माघ २७ गते नवलपरासीका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुने कार्यतालिका तय गरिएको थियो। तर स्थानीय प्रशासनले सुरक्षा तथा व्यवस्थापनको कारण देखाउँदै कार्यक्रम सञ्चालन गर्न अनुमति नदिएको जनाएको छ।

    images

    प्रशासन स्रोतका अनुसार सम्भावित भीड व्यवस्थापन, सुरक्षा संवेदनशीलता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राख्दै उक्त कार्यक्रम रोक्ने निर्णय गरिएको हो। यसबारे आधिकारिक लिखित सूचना जारी गरिएको बताइएको छ।

    images
    images
    images

    यता रास्वपाले भने प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएको छ। पार्टीका स्थानीय नेताहरूले लोकतान्त्रिक प्रक्रियाअन्तर्गत सञ्चालन हुने चुनावी गतिविधिमा रोक लगाइनु उचित नभएको प्रतिक्रिया दिएका छन्। लामिछानेको टोलीले वैकल्पिक कार्यक्रम तय गर्ने वा प्रशासनसँग समन्वय गर्ने विषयमा छलफल भइरहेको जनाएको छ।यस घटनासँगै निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूको गतिविधि र सुरक्षा व्यवस्थापनबारे बहस चर्किएको छ।

     

    प्रकाशित मिति :माघ २६, २०८२ सोमवार - २१:४९:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको