Logo

बुधवार, कार्तिक १२ गते २०८३

वीरगञ्जमा कपडा गोदाममा छापा : तस्कर समूहको आक्रमणमा तीन सशस्त्र प्रहरी घाइते

वीरगञ्जमा कपडा गोदाममा छापा : तस्कर समूहको आक्रमणमा तीन सशस्त्र प्रहरी घाइते

जोईन खबर

२६, माघ २०८२
  • 697
    SHARES
  • वीरगञ्जमा कपडा गोदाममा छापा  : तस्कर समूहको आक्रमणमा तीन सशस्त्र प्रहरी घाइते


    २६ माघ काठमाडौँ । वीरगञ्जस्थित एक कपडा गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।राजस्व छली तथा अवैध रूपमा भित्र्याइएको कपडा नियन्त्रणका लागि खटिएको संयुक्त टोलीले गोदाममा छापा हानेको थियो। सोही क्रममा तस्करीमा संलग्न समूहले ढुंगामुढा गर्दै अवरोध सिर्जना गर्दा स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।

    images

    आक्रमणबाट सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। ढुंगामुढाका कारण टोलीले प्रयोग गरेको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ।

    images
    images
    images

    छापाका क्रममा संयुक्त टोलीले करिब ७ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको जनाएको छ। बरामद सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।घटनापछि क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको छ।

    प्रकाशित मिति :माघ २६, २०८२ सोमवार - २२:०७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको