Logo

बुधवार, कार्तिक १२ गते २०८३

“मेरो ३६ वर्षको कमाई यही हो” बुबाको निधन भएकाे नौ महिनापछि थाहा पाएको पीडा सुनाउँदै लेखनाथ न्यौपाने

“मेरो ३६ वर्षको कमाई यही हो” बुबाको निधन भएकाे नौ महिनापछि थाहा पाएको पीडा सुनाउँदै लेखनाथ न्यौपाने

जोईन खबर

१, फाल्गुण २०८२
  • 556
    SHARES
  • “मेरो ३६ वर्षको कमाई यही हो”  बुबाको निधन भएकाे  नौ महिनापछि थाहा पाएको पीडा सुनाउँदै लेखनाथ न्यौपाने

    १ फागुन गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले आफ्नो राजनीतिक यात्रा र व्यक्तिगत जीवनका संघर्षका अनुभव सुनाउँदै भावुक अभिव्यक्ति दिएका छन्। एक संवादका क्रममा उनले आफ्नो ३६ वर्षको राजनीतिक तथा सामाजिक यात्राको मूल्याङ्कन गर्दै भने, “मेरो ३६ वर्षको कमाई यही हो, म यस्तो मान्छे हुँ कि बुबा मरेको नौ महिना पछि थाहा पाएको हो।”

    images

    उनले राजनीतिक आन्दोलनका व्यस्तताका कारण परिवारसँग समय बिताउन नपाएको पीडा व्यक्त गर्दै भने, “मलाई पनि मन थियो होला बुवालाई घर लिएर बस्ने, सँगै गएर घाटमा दाहसंस्कार गरेर फर्कने। तर परिस्थितिले त्यो अवसर दिएन।”

    images
    images
    images

    न्यौपानेले आफ्नो जीवनको त्यही संघर्षले जनताको दुःख बुझ्न सिकाएको बताउँदै राजनीति आफूका लागि पद वा लाभको माध्यम नभई सेवा गर्ने माध्यम भएको धारणा राखे। उनले जनताको विश्वास र समर्थन नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरे।

    आगामी निर्वाचनलाई लक्षित गर्दै उनले क्षेत्रका विकास, रोजगारी, शिक्षा तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले आफूले लामो समयदेखि जनताको बीचमा रहेर काम गरेको भन्दै मतदाताबाट साथ र विश्वासको अपेक्षा गरेका छन्।

    उनका यी अभिव्यक्तिले चुनावी माहोलबीच व्यक्तिगत त्याग र राजनीतिक प्रतिबद्धताको सन्देश दिएको समर्थकहरूको भनाइ छ।

     

    प्रकाशित मिति :फाल्गुण १, २०८२ शुक्रवार - २२:५३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको