४ फागुन काठमाडौँ । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ। बागमती प्रदेश ०३–००१ ख २५६० नम्बरको बसमा गएराति करिब २ बजे धादिङको बल्छीटार क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय आदमघाटका अनुसार आगलागी लगत्तै बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको र करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताइएको छ।
घटनाबाट मानवीय क्षति नभए पनि बसमा क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।