Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखामा कसैलाई समर्थन नगरेको प्रलोपाको स्पष्टोक्ति

गोरखामा कसैलाई समर्थन नगरेको प्रलोपाको स्पष्टोक्ति

जोईन खबर

४, फाल्गुण २०८२
  • 442
    SHARES
  • गोरखामा कसैलाई समर्थन नगरेको प्रलोपाको स्पष्टोक्ति


    ४ फागुन गोरखा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा गोरखा मा कुनै पनि दल वा उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डल सदस्य सुदन किराँती ले आइतबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गोरखा–२ मा बाबुराम भट्टराई तथा गोरखा–१ मा गोपालबाबु श्रेष्ठ ले उम्मेदवारी फिर्ता लिएपछि पनि प्रलोपालाई कसैलाई समर्थन गर्ने निर्णय नभएको बताएका हुन्।

    images

    उनले उम्मेदवारी फिर्ता लिने निर्णय किन गरियो भन्नेबारे पार्टीलाई औपचारिक जानकारी नआएको उल्लेख गर्दै स्थानीय रूपमा समर्थन वा सहमति गर्ने कुनै निर्णय नभएको प्रष्ट पारे। किराँतीका अनुसार प्रलोपाले देशभर ८७ सिटमा उम्मेदवारी दिएको छ र जित्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। उनले भने, “हामी आफ्नै एजेण्डा र कार्यक्रमका आधारमा चुनाव लडिरहेका छौं, कतिपय स्थानमा स्थानीय आवश्यकताअनुसार तालमेल भएको छ, तर गोरखामा भने कसैलाई समर्थन गरिएको छैन।”

    images
    images
    images

    पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन, स्थानीय विकास, रोजगारी सिर्जना तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको बताइएको छ। प्रलोपा नेतृत्वले निर्वाचनमा जनताको विश्वास जित्ने दाबी गर्दै संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ।

    माओवादीबाट फुटेर बनेको प्रलोपाले फरक निर्वाचन क्षेत्रमा फरक पार्टीसँग तालमेल गरेको अवस्था छ । कर्णाली र लुम्बिनीका केही क्षेत्रमा एमालेसँग मिलेको उसले पूर्वमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई सघाउने निर्णय गरेको छ । तर, गोरखाको हकमा भने निर्णय गरेको छैन । 

    यसबारे उठेको प्रश्नमा किराँतीले स्थानीयस्तरमा कतिपय भिन्न विचार बोक्ने राजनितिक दलसँग रणनीतिक हिसाबले तालमेल गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय आवश्यकताका आधारमा निर्वाचन जित्नको लागि यसो गरिएको हो ।

    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - १६:५७:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको