Logo

बुधवार, कार्तिक १२ गते २०८३

  जिल्लाका पूर्व पार्टी सभापति घलेको कांग्रेस उम्मेदवार  दवाडीलाई आशीर्वाद :  चुनाव जितेर गए पछि मन्त्री बन्ने विश्वास

  जिल्लाका पूर्व पार्टी सभापति घलेको कांग्रेस उम्मेदवार  दवाडीलाई आशीर्वाद :  चुनाव जितेर गए पछि मन्त्री बन्ने विश्वास

जोईन खबर

५, फाल्गुण २०८२
  • 562
    SHARES
  •   जिल्लाका पूर्व पार्टी सभापति घलेको  कांग्रेस उम्मेदवार  दवाडीलाई आशीर्वाद :  चुनाव जितेर गए पछि मन्त्री बन्ने विश्वास


    ५ फागुन गोरखा । नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशचन्द्र दवाडीले जिल्लाका पूर्व पार्टी सभापति हरि घलेसँग भेटघाट गर्नुभएको छ।

    images

    आज बारपाकमा भएको शिष्टाचार भेटका क्रममा दुवै नेताबीच आगामी निर्वाचन, पार्टी अभियान र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। भेटका क्रममा घलेले दवाडीलाई निर्वाचनमा विजयी हुने शुभकामना व्यक्त गर्दै आशीर्वाद प्रदान दिनु भएको छ । उहाँले पार्टीका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्ने र दवाडी मन्त्री बन्ने विश्वास व्यक्त गर्नुभएको छ।

    images
    images
    images

    सो अवसरमा घलेले पछिल्ला दिनमा विभिन्न राजनीतिक दलहरूले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध फैलाएको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। दुई कार्यकालसम्म जिल्ला पार्टी सभापतिको जिम्मेवारी सम्हालेको स्मरण गर्दै उहाँले हाल स्वास्थ्य समस्याका कारण बेड रेस्टमा रहेको जानकारी दिनुभयो।

    नियमित औषधि सेवन गर्नुपर्ने अवस्थाका कारण प्रत्यक्ष चुनावी प्रचारप्रसारमा सहभागी हुन नसकेको उहाँको भनाइ थियो। यद्यपि, घरमै बसेर भए पनि कांग्रेसका उम्मेदवारहरूको पक्षमा मत माग्ने र विजयी गराउने अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।उम्मेदवार दवाडीले भने घलेको सुझाव र आशीर्वादले आफूलाई थप ऊर्जा मिलेको बताउँदै निर्वाचनमा विजयी भई क्षेत्रको विकास र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २१:४४:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको