Logo

बुधवार, कार्तिक १२ गते २०८३

निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको  बस दुर्घटना

निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको  बस दुर्घटना

जोईन खबर

६, फाल्गुण २०८२
  • 394
    SHARES
  • निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको  बस दुर्घटना

    ६ फागुन काठमाडौँ । भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ।जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो।दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।

    images

    उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ। दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ।

    images
    images
    images

    जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो।दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

    प्रकाशित मिति :फाल्गुण ६, २०८२ बुधवार - २०:५५:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको