Logo

बुधवार, कार्तिक १२ गते २०८३

पशुपतिनाथमा प्रहरीलाई हातपात गर्ने युवा पक्राउ 

पशुपतिनाथमा प्रहरीलाई हातपात गर्ने युवा पक्राउ 

जोईन खबर

६, फाल्गुण २०८२
  • 463
    SHARES
  • पशुपतिनाथमा प्रहरीलाई हातपात गर्ने युवा पक्राउ 

    ६ फागुन काठमाडौँ । शिवरात्रिमा पशुपतिमा प्रहरी कुट्ने युवा पक्राउ परेका छन् । केही दिनयता सामाजिक सञ्जालमा एकजना युवाले वर्दीमा रहेका प्रहरीलाई हातपात गर्दै लात्तीले हानेको भिडियो भाइरल बनेको थियो ।

    images

    सार्वजनिक भिडियोबाट यो दृश्य पशुपतिनाथ मन्दिर परिसरभित्रको सजिलै बुझिन्थ्यो । सुरक्षा प्रदान गरिरहेका प्रहरीमाथि जाइलाग्दै कुटपिटमा उत्रिएका युवालाई प्रहरीले त्यतिबेलै पक्राउ गर्ने प्रयास गरे पनि शिवरात्रिको भीडभाडमा उनी उम्केका थिए ।

    images
    images
    images

    मंगलबार मात्रै प्रहरीले सामाजिक सञ्जालमार्फत प्रहरीमाथि जाइलाग्ने युवाको खोजीमा सूचना नै जारी गरेको थियो । काठमाडौं उपत्यका प्रहरी परिसरका एसएसपी रमेश थापाले प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ परेको बताए ।

    प्रहरीका अनुसार मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने रिजन श्रेष्ठ स्वयम्भुबाट पक्राउ परेका हुन् ।

     

     

    प्रकाशित मिति :फाल्गुण ६, २०८२ बुधवार - २१:४९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको