८फागुन काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पण्डितले यस्तो बताएका हुन् ।निर्वाचन जनतामाथि थुपारेको अवस्था छ । नचाहेर पनि निर्वाचनमा जानुपरेको अवस्था छ,’ पण्डितले भने, ‘चिन्ता, असन्तुष्टि पनि त्यत्तिकै छ ।
तैपनि जनताले आफ्नो मताधिकार प्रयोग गर्ने कुरामा दुईमत छैन ।चुनावी वातावरण तातिनुपर्थ्यो त्यति नतातेको उनले टिप्पणी गरे । उनले भने, ‘अझैपनि आशंकाहरू छन् । तैपनि राजनीतिक पार्टीको नेतृत्वमा विभिन्न मतदाताको घरदैलोमा भोट माग्ने क्रम चलिरहेको छ ।
एमालेका तर्फबाट मोरङ–६ का प्रत्येक घरदैलोमा आफूहरू पुग्ने प्रयासमा रहेको उनले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०लाई उनले ‘फेसबुके पार्टी’को संज्ञा दिए । ‘यो फेसबुके पार्टी, सामाजिक सञ्जालभित्रको प्रचार अनि अतृप्त चाहना भएको कुरालाई केही पनि नदेख्ने दिमागी रतन्धो लागेकाहरूसँग केही पनि भन्नु छैन,’ नेता पण्डितले भने ।