Logo

बुधवार, कार्तिक १२ गते २०८३

हरिराज अधिकारीलाई मन्त्री नबनाउनु मेराे ठूलो गल्ती भयो : प्रचण्ड

हरिराज अधिकारीलाई मन्त्री नबनाउनु मेराे ठूलो गल्ती भयो : प्रचण्ड

जोईन खबर

१०, फाल्गुण २०८२
  • 631
    SHARES
  • हरिराज अधिकारीलाई मन्त्री नबनाउनु  मेराे ठूलो गल्ती भयो : प्रचण्ड


    १० फागुन काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार हरिराज अधिकारीलाई विगतमा मन्त्री नबनाउनु आफ्नो ठूलो गल्ती भएको स्वीकार गरेका छन्। उनले आगामी निर्वाचनमा अधिकारी विजयी भए उनलाई मन्त्रालयको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान अन्तर्गत प्रचण्डले गोरखाबाट काठमाडौं आएर बसोबास गरिरहेका मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सहभागि भएका थिए । सो क्रममा बोल्दै उनले हरिराज अधिकारी पार्टीका इमानदार, सक्षम र जनतासँग नजिक रहेका नेता भएको उल्लेख गर्दै विगतमा मन्त्रीको अवसर दिन नसक्नु मेरो ठूलो कमजोरी भएको बताए।

    images
    images
    images

    प्रचण्डले भने, “हरिराज अधिकारी जस्ता इमानदार र जनताप्रति समर्पित नेतालाई मैले पहिले मन्त्री बनाउन सकिना त्यो मेरो ठूलो गल्ती थियो। अब आगामी निर्वाचनमा उहाँ विजयी हुनुभयो भने सरकार गठनपछि मन्त्रालयको जिम्मेवारी दिने मेरो स्पष्ट प्रतिबद्धता छ।”

    उनले आगामी निर्वाचनलाई देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिको आधारको रूपमा व्याख्या गर्दै जनताले पार्टी र उम्मेदवारलाई विश्वासका साथ समर्थन गर्ने विश्वास व्यक्त गरे। उनले गोरखा क्षेत्र नम्बर १ को विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र जनजीविकासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए।कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने गोरखाली मतदाताले आफ्नो क्षेत्रको विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेका थिए। त्यसको जवाफमा प्रचण्डले निर्वाचनपछि गोरखाको समग्र विकासलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए।

    उम्मेदवार हरिराज अधिकारीले पनि जनताको विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै निर्वाचन जितेपछि जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले देशभर चुनावी अभियानलाई तीव्र बनाएका छन् भने गोरखा क्षेत्र नम्बर १ लाई समेत प्रमुख राजनीतिक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरिएको छ।

    प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १०:५३:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको