Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपामा प्रवेश गर्ने डा. बाबुराम भट्टराईको संकेत

रास्वपामा प्रवेश गर्ने डा. बाबुराम भट्टराईको संकेत

जोईन खबर

१२, फाल्गुण २०८२
  • 463
    SHARES
  • रास्वपामा प्रवेश गर्ने डा. बाबुराम भट्टराईको संकेत

    १२ फागुन काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी धारका प्रमुख नेता डा.बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने संकेत दिएका छन् । रास्वपाले आफ्नो चुनावी घोषणापत्र (बाचापत्र) सार्वजनिक गरेपछि भट्टराईले उक्त पार्टीप्रति आशा पलाएको प्रतिक्रिया दिएका हुन् । घोषणापत्र सार्वजनिकपछि भने– “रास्वपाबाट आशा पलायो, एजेण्डा कार्यान्वयन हुँदा समृद्ध नेपालको सपना पूरा हुन्छ” ।घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रतिक्रिया दिँदै भट्टराईले रास्वपाको नीति, कार्यक्रम र एजेण्डा देशको समृद्धिसँग प्रत्यक्ष जोडिएको बताए ।

    images

    उनले भने, “रास्वपाले उठाएका एजेण्डाहरू व्यवहारमा कार्यान्वयन हुन सके समृद्ध नेपालको सपना अवश्य पूरा हुनेछ । यसले देशमा नयाँ आशा र विश्वास जगाएको छ ।”निर्वाचन घोषणाअघि नै भट्टराई र रास्वपाबीच राजनीतिक निकटता देखिएको थियो । विशेषगरी गोरखा–२ क्षेत्रमा उनले रास्वपाको ‘नयाँ शक्ति’ धारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि उनी र रास्वपा नेतृत्वबीच निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारी फिर्ता लिनु र घोषणापत्रप्रति सकारात्मक धारणा व्यक्त गर्नु भट्टराईको सम्भावित पार्टी प्रवेशको संकेतका रूपमा हेरिएको छ ।भट्टराई लामो समयदेखि देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्षमा उभिँदै आएका छन् । उनले परम्परागत राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै नयाँ राजनीतिक शक्ति आवश्यक रहेको बताउँदै आएका थिए । रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक सुधार र युवामुखी नीति अघि सारेपछि भट्टराई त्यसतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।

    रास्वपा नेताहरूले भने भट्टराईसँग सकारात्मक संवाद भइरहेको स्वीकार गरेका छन् । यद्यपि, औपचारिक रूपमा पार्टी प्रवेशको विषयमा कुनै अन्तिम निर्णय नभएको बताएका छन् । पार्टीका एक नेताले भने, “देश परिवर्तनका लागि प्रतिबद्ध व्यक्तिहरूसँग सहकार्य गर्न हामी सधैं खुला छौं ।”भट्टराई जस्तो अनुभवी र पूर्वप्रधानमन्त्री स्तरका नेताले रास्वपामा प्रवेश गरेमा नेपाली राजनीतिक वृत्तमा ठूलो सन्देश जाने विश्लेषण गरिएको छ । यसले रास्वपाको राजनीतिक प्रभाव र विश्वसनीयता थप मजबुत हुने अपेक्षा गरिएको छ ।हालसम्म भट्टराईले औपचारिक रूपमा पार्टी प्रवेशको घोषणा नगरे पनि उनका पछिल्ला अभिव्यक्ति र गतिविधिले रास्वपामा प्रवेशको सम्भावना बलियो बनेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - २१:०८:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको