Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखामा एक वर्षे पोथी चितुवा मृत फेला, मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने

गोरखामा एक वर्षे पोथी चितुवा मृत फेला, मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने

जोईन खबर

१३, फाल्गुण २०८२
  • 427
    SHARES
  • गोरखामा एक वर्षे पोथी चितुवा मृत फेला, मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने

    १३ फागुन काठमाडौँ । गोरखाको  गोरखा नगरपालिका वडा न –४ फिनामस्थित हिले खर्कमा अन्दाजी एक वर्ष उमेरको पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। आज दिउँसो करिब २स्३० बजेको समयमा उक्त चितुवा स्थानीयवासी डम्बर बहादुर थापाको पाखो बारीमा मृत अवस्थामा भेटिएको हो।

    images

    स्थानीयवासीका अनुसार हिजो राति करिब ८ देखि ९ बजेको समयमा सो क्षेत्रमा चितुवाबीच झगडा भएजस्तो ठूलो आवाज सुनिएको थियो। त्यसपछि आज दिउँसो बारीमा चितुवा मृत अवस्थामा देखेपछि स्थानीयले सम्बन्धित निकायलाई जानकारी गराएका थिए।

    images
    images
    images

    सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय गोरखाको टोली घटनास्थलमा पुगेर आवश्यक निरीक्षण तथा प्रारम्भिक अनुसन्धान गरेको जनाएको छ। वन कार्यालयका अनुसार मृत चितुवाको उमेर करिब एक वर्ष अनुमान गरिएको छ भने शरीरमा देखिएका अवस्थाबारे थप परीक्षणपछि मात्रै यकिन कारण खुल्ने बताइएको छ।

    वन कार्यालयले चितुवाको मृत्युको वास्तविक कारण पत्ता लगाउन भोलि पशुचिकित्सक विज्ञबाट पोस्टमार्टम गरिने जानकारी दिएको छ। पोस्टमार्टम रिपोर्टपछि चितुवाको मृत्यु प्राकृतिक कारण, आपसी झगडा वा अन्य कुनै कारणले भएको हो भन्नेबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।डिभिजन वन कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने वन्यजन्तुको संरक्षणमा स्थानीयवासीलाई सतर्क रहन र यस्ता घटना देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।

    प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - १७:३१:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको