Logo

बुधवार, कार्तिक १२ गते २०८३

झापा–५ मा एमाले–नेकपा गठबन्धनको चर्चा , प्रचण्डले उम्मेदवार तामाङलाई फोन गर्दै भने– ‘तारा जिताउन सम्पूर्ण शक्ति लगाउँछौँ’

झापा–५ मा एमाले–नेकपा गठबन्धनको चर्चा , प्रचण्डले उम्मेदवार तामाङलाई फोन गर्दै भने– ‘तारा जिताउन सम्पूर्ण शक्ति लगाउँछौँ’

जोईन खबर

१४, फाल्गुण २०८२
  • 784
    SHARES
  • झापा–५ मा एमाले–नेकपा गठबन्धनको चर्चा , प्रचण्डले उम्मेदवार तामाङलाई फोन गर्दै भने– ‘तारा जिताउन सम्पूर्ण शक्ति लगाउँछौँ’

    १४ फागुन काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर–५ मा नेकपा र एमालेबीच गठबन्धन हुने चर्चा चुलिएको छ। यसै सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ का उम्मेदवार रन्जित तामाङलाई फोन गरेर गठबन्धन र समर्थनबारे स्पष्ट सन्देश दिएका छन्।

    images

    फोन संवादका क्रममा प्रचण्डले झापा–५ मा आफ्नो पार्टी पूर्ण रूपमा चुनावी मैदानमा रहेको र कुनै पनि हालतमा उक्त क्षेत्र कसैलाई नछाड्ने बताएका छन्। उनले उम्मेदवार तामाङलाई ढाडस दिँदै भने, “झापा–५ मा हामी कसैलाई छाड्दैनौँ। सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो। सबै अफवाहहरू शतप्रतिशत गलत हुन्।”

    images
    images
    images

    पछिल्लो समय नेकपा र नेकपा (एमाले) बीच झापा–५ मा चुनावी तालमेल हुने वा समर्थन साटासाट हुने चर्चा व्यापक रूपमा फैलिएको थियो। तर प्रचण्डको यस भनाइले त्यस्ता चर्चाहरूलाई अस्वीकार गरेको रूपमा लिइएको छ। उनले पार्टीका नेता तथा कार्यकर्तालाई कुनै भ्रममा नपर्न र चुनावी अभियानलाई थप सशक्त बनाउन निर्देशन समेत दिएका छन्।

    नेकपाले झापा–५ लाई प्रतिष्ठाको क्षेत्रका रूपमा लिएको छ भने उम्मेदवार तामाङ पनि चुनावी अभियानमा सक्रिय रूपमा लागिरहेका छन्। स्थानीय स्तरमा कार्यकर्ता परिचालन, घरदैलो अभियान तथा मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्र बनाइएको छ।यसैबीच एमाले र नेकपाबीच सम्भावित गठबन्धनबारे औपचारिक घोषणा भने भएको छैन। दुवै दलका शीर्ष नेताहरूले सार्वजनिक रूपमा स्पष्ट धारणा नदिए पनि चुनावी समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्।

    राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को निर्वाचन परिणामले आगामी राष्ट्रिय राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने भएकाले सबै दलले यस क्षेत्रमा विशेष ध्यान दिएका छन्। नेकपाले आफ्नो संगठनात्मक शक्ति र नेतृत्वको प्रभावका आधारमा विजय हासिल गर्ने दाबी गरेको छ भने अन्य दलहरू पनि आ–आफ्नो पक्षमा मत तान्न सक्रिय छन्।फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी माहोल थप तातेको छ। गठबन्धन हुने वा नहुने भन्ने विषयमा औपचारिक निर्णय नआए पनि दलहरूबीचको प्रतिस्पर्धा भने झन् रोचक बन्दै गएको छ।

    प्रकाशित मिति :फाल्गुण १४, २०८२ बिहिवार - १२:३३:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको