Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुरक्षार्थ खटिएका प्रहरीलाई सामाजिक सञ्जालमा पोशाकसहित फोटो–भिडियो पोष्ट नगर्न कडा निर्देशन

सुरक्षार्थ खटिएका प्रहरीलाई सामाजिक सञ्जालमा पोशाकसहित फोटो–भिडियो पोष्ट नगर्न कडा निर्देशन

जोईन खबर

१४, फाल्गुण २०८२
  • 478
    SHARES
  • सुरक्षार्थ खटिएका प्रहरीलाई सामाजिक सञ्जालमा पोशाकसहित फोटो–भिडियो पोष्ट नगर्न कडा निर्देशन

    १४ फागुन काठमाडौं । आसन्न निर्वाचनको सुरक्षाका लागि देशभर खटिएका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालमा संगठनको पोशाक लगाएर खिचिएका फोटो तथा भिडियो पोष्ट नगर्न कडा निर्देशन दिइएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रयोजनका लागि विभिन्न स्थानमा खटिएका केही प्रहरीले आचारसंहिता उल्लङ्घन गरेको पाइएपछि पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

    images

    प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी आचारसंहिताले संगठनको पोशाक लगाएर खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण गर्न स्पष्ट रूपमा निषेध गरेको छ । तर, निर्वाचन ड्युटीमा खटिएका केही प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता सामग्री सार्वजनिक गरेको भेटिएपछि सबै प्रहरी कर्मचारीलाई आचारसंहिता स्मरण गराउँदै पुनः सचेत गराइएको हो ।

    images
    images
    images

    प्रधान कार्यालयले जारी गरेको निर्देशनमा सामाजिक सञ्जालमा पोशाकसहितका सामग्री पोष्ट गर्ने कार्यले संगठनको मर्यादा, तटस्थता र व्यावसायिकतालाई असर पार्न सक्ने उल्लेख गरिएको छ । साथै, निर्वाचन जस्तो संवेदनशील समयमा यस्ता गतिविधिले सुरक्षासम्बन्धी गोपनीयता र विश्वसनीयतामा समेत प्रश्न उठाउन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिको निरन्तर अनुगमन भइरहेको जनाएको छ । यदि कुनै प्रहरी कर्मचारीले आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री प्रकाशन गरेको पाइएमा प्रहरी नियमावलीबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

    निर्देशनमा भनिएको छ, “आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री प्रकाशन गर्ने कर्मचारीहरुलाई प्रहरी नियमावलीबमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन देशभर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले सबै कर्मचारीलाई अनुशासन, तटस्थता र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १४, २०८२ बिहिवार - १४:०९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको