Logo

बुधवार, कार्तिक १२ गते २०८३

 महाराजगञ्ज भाटभटेनी स्टोरको सेवा आजदेखि सुचारु

 महाराजगञ्ज भाटभटेनी स्टोरको सेवा आजदेखि सुचारु

जोईन खबर

१४, फाल्गुण २०८२
  • 586
    SHARES
  •  महाराजगञ्ज भाटभटेनी स्टोरको सेवा आजदेखि सुचारु

    १४ फागनु काठमाडौँ । महाराजगञ्जस्थित  भाटभटेनी स्टोरको सेवा आजदेखि सुचारु भएको छ । भदौ २४ गतेको जेन जी विध्वंशमा आगो लगाएर ध्वस्त पारिएको र  पुनः सञ्चालनअघि आइतबार पूजापाठ गरिएको थियो ।स्टोरले सेवा पुनः प्रारम्भ गर्नुअघि भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, ‘भदौ २४ गतेको घटनामा महाराजगञ्जको भाटभटेनी पूर्णरुपमा क्षति भयो ।

    images

    त्यो क्षतिलाई हामीले फेरि पहिलेको भन्दा राम्रो अवस्थामा लैजान सकिन्छ भनेर घटनाको केही दिनपछि छलफल गर्यौं । यसअघि माघ २७ गतेदेखि कोटेश्वरको स्टोर पुनः सञ्चालनमा आइसकेको छ । गत वर्ष चैत १५ गते आयोजित राजावादी आन्दोलनताका पनि कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो ।

    images
    images
    images

    गत भदौको जेनजी विध्वंशमा काठमाडौंसहित देशभरका २८ भाटभटेनी स्टोरमध्ये २१ वटामा क्षति पुगेको थियो । त्यसमा पनि एक दर्जन स्टोर पूर्णरुपमा खरानी बनाइयो । विध्वंशकारीद्वारा गरिएको आगजनी, तोडफोड र लुटपाटबाट भाटभटेनीमा १५ अर्ब हाराहारीको क्षति पुगेको बुझिएको छ । 

    प्रकाशित मिति :फाल्गुण १४, २०८२ बिहिवार - १४:१६:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको