Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–२ का उम्मेदवार कविन्द्र बुर्लाकोटीविरुद्ध सहकारी ठगीको जाहेरी, सिआइबीमा उजुरी

गोरखा–२ का उम्मेदवार कविन्द्र बुर्लाकोटीविरुद्ध सहकारी ठगीको जाहेरी, सिआइबीमा उजुरी

जोईन खबर

१५, फाल्गुण २०८२
  • 2.8K
    SHARES
  • गोरखा–२ का उम्मेदवार कविन्द्र बुर्लाकोटीविरुद्ध सहकारी ठगीको जाहेरी, सिआइबीमा उजुरी

    १५ फागुन काठमाडौं । “हाम्रो नयाँ कृषि सहकारी संस्था” मा भएको भनिएको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा गोरखा–२ का प्रतिनिधि सभा उम्मेदवार कविन्द्र बुर्लाकोटीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जाहेरी परेको छ। बचतकर्ताहरूले लाखौं रुपैयाँ अपचलन भएको आरोप लगाउँदै उजुरी दर्ता गराएका हुन्।पीडितहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएको, संस्थाका पदाधिकारी सम्पर्कविहीन भएको र आर्थिक अनियमितता भएको दाबी गरेका छन्। उनीहरूले दोषीमाथि तुरुन्त पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन्।

    images

    उक्त प्रकरणमा आधा दर्जन व्यक्तिहरूको संलग्नता रहेको दाबी गरिएको छ। सहकारीका अध्यक्ष जिबी राई, उपाध्यक्ष डिपी र सञ्चालकका रूपमा कविन्द्र बुर्लाकोटीको नाम जोडिएको पीडितहरूको आरोप छ। जिबी राई यसअघि नै फरार रहेको बताइएको छ भने डिपी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवार रहेका छन्।

    images
    images
    images

    सिआइबीले यसअघि सोही सहकारी ठगी प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले पर्याप्त प्रमाण नपुगेको भन्दै तीनै जनाविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको स्रोतको भनाइ छ। उक्त निर्णयपछि पीडितहरू आक्रोशित बनेका छन्।पीडित बचतकर्ताहरूले छानबिन निष्पक्ष र पारदर्शी ढंगले गर्न माग गर्दै दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। “हामीले दुःख गरेर जम्मा गरेको रकम फिर्ता पाउनुपर्छ,” एक पीडितले भने, “राजनीतिक पहुँचका आधारमा कसैलाई उन्मुक्ति दिनु हुँदैन।”

    यस विषयमा कविन्द्र बुर्लाकोटीको औपचारिक प्रतिक्रिया आउन बाँकी छ। रास्वपाले भने आरोपबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सहकारी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको आर्थिक अनियमितता र ठगी प्रकरणले सर्वसाधारणको विश्वासमा गम्भीर असर परेको भन्दै सरोकारवालाहरूले कडा निगरानी र प्रभावकारी कारबाहीको आवश्यकता औंल्याएका छन्। यो समाचार जनआस्था अनलाइन  बाट सावर गरिएको  हो।

    प्रकाशित मिति :फाल्गुण १५, २०८२ शुक्रवार - ११:०२:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको