२५ फागुन काठमाडौँ । १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन क्षेत्रको मात्रै अन्तिम मत परिणाम आउँन बाँकी छ। अब गोरखा क्षेत्र नम्बर १, संखुवासभा क्षेत्र नम्बर १ र इलाम क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम आउँन बाँकी छ। गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ २४ हजार ५१ मतसहित अग्र स्थानमा छन् । कांग्रेसका प्रमकुमार खत्री १३ हजार ५११ सहित दोस्रो स्थानमा छन्।
संखुवासभा १ मा नेकपा (एमाले)का अर्जुन कुमार कार्की ११ हजार ७६९ मतसहित अग्रता लिएका छन् । उनलाई रास्वपाका मिङमा शेर्पाले १० हजार ७६६ मतसहित पछ्याइरहेका छन्।
इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई १२ हजार ५२१ मत प्राप्त गर्दै अग्र स्थानमा रहँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११ हजार ७७८ मत ल्याएका छन्।