Logo

बुधवार, कार्तिक १२ गते २०८३

ओली–बालेन प्रतिष्ठा भिडन्तबीच झापा शान्त राख्ने ‘आइरन लेडी’ एसपी बसुन्धरा खड्का सम्मानित

ओली–बालेन प्रतिष्ठा भिडन्तबीच झापा शान्त राख्ने ‘आइरन लेडी’ एसपी बसुन्धरा खड्का सम्मानित

जोईन खबर

२५, फाल्गुण २०८२
  • 478
    SHARES
  • ओली–बालेन प्रतिष्ठा भिडन्तबीच झापा शान्त राख्ने ‘आइरन लेडी’ एसपी बसुन्धरा खड्का सम्मानित

    २५ फागुन काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा झापामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी उपरीक्षक बसुन्धरा खड्का लाई सम्मान गरिएको छ।

    images

    निर्वाचनको ठीक अघि झापाको सुरक्षा कमाण्ड सम्हाल्न पुगेकी एसपी खड्काका लागि यो जिम्मेवारी ‘अग्निपरीक्षा’ जस्तै मानिएको थियो। किनकि झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चर्चित स्वतन्त्र नेता बालेन शाह बीचको प्रतिष्ठाको चुनावी भिडन्तले देशभरको ध्यान त्यतैतर्फ केन्द्रित भएको थियो।

    images
    images
    images

    उच्च राजनीतिक तनाव र संवेदनशील परिस्थितिका बीच पनि एसपी खड्काले सुरक्षा रणनीति कडाइका साथ लागू गर्दै झापामा कुनै पनि अप्रिय घटना हुन नदिई शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएको प्रहरी स्रोतले जनाएको छ।

    विशेषगरी चुनावी प्रतिस्पर्धा अत्यन्तै तातिएको अवस्थामा सुरक्षा व्यवस्थापन मिलाउँदै शान्ति कायम राख्नु उनको नेतृत्व क्षमताको उदाहरणका रूपमा लिइएको छ।महिलाले चुनौतीपूर्ण क्षेत्रमा पनि उत्कृष्ट नेतृत्व दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै एसपी खड्कालाई नारी दिवसको अवसर पारेर विशेष सम्मान गरिएको हो।झापामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएपछि सामाजिक सञ्जालमा समेत एसपी खड्काको नेतृत्व, साहस र व्यवस्थापन क्षमताको व्यापक प्रशंसा भइरहेको छ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १३:३०:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको